Kathmandu Press

सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी महासंघको निर्णय

काठमाडौं, असार २६ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ। 

महासंघको शुक्रबार बसेको केन....

सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी महासंघको निर्णय
फाइल

काठमाडौं, असार २६ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ। 

महासंघको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले तत्काल सार्वजनिक सवारी साधन नचलाउने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। 

यसअघि बिहीबार सरकारले काठमाडौं उपत्यकासहित जिल्लाभित्र सार्वजनिक सवारी चलाउन दिने निर्णय  गरेको थियो। तर, महासंघले सरकार सार्वजनिक सवारी चलाउन वातावरण तयार गर्न उदाशीन देखिएकाले तत्काल सवारी नचलाउने निर्णय गरेको हो। 

बैंकको ऋण किस्ताको पुर्नतालिकीकरण, ब्याजदरमा सहुलियत लगायतका माग सम्बोधन गर्न सरकार तयार नभएकाले सवारी नचलाउने निर्णयमा आफूहरु पुगेको महासचिव सिटौलाले जानकारी दिए। उनले सरकार आफूहरुका माग सम्बोधन गर्न तयार भएपछिमात्रै सवारी चलाउने वातावरण बन्ने बताए।

यस्तै, महासंघले चालक तथा सहचालकको स्वास्थ्य सुरक्षाका लागि बीमाको ग्यारेन्टी सरकारले गर्नु पर्ने पनि माग गरेको छ। 

यसअघि सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने जनाएको थियो। महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको आरोप लगाएका थिए। 

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, असार २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्