Kathmandu Press

जाजरकोट पहिरो : तीन जनाको शव भेटियो, ९ जना अझै बेपत्ता

खलंगा, असार २६ :  जाजरकोटको बारेकोट गाउँपालिका–४, सार्कीगाउँमा गएको पहिरोमा पुरिएका तीन जनाको शव भेटिएको छ। पहिरोमा पुरिएका अन्य ....

जाजरकोट पहिरो : तीन जनाको शव भेटियो, ९ जना अझै बेपत्ता

खलंगा, असार २६ :  जाजरकोटको बारेकोट गाउँपालिका–४, सार्कीगाउँमा गएको पहिरोमा पुरिएका तीन जनाको शव भेटिएको छ। पहिरोमा पुरिएका अन्य ९ जना भने अझै बेपत्ता छन्।

अविरल वर्षापछि  बारेकोट गाउँपालिका–४, सार्कीगाउँमा गएराति गएको पहिरोमा दुई घर पुरिँदा १२ जना बेपत्ता भएका थिए। तीमध्ये तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बेपत्ता भएका अन्य ९ जनाको स्थानीयबासी र प्रहरीको टोलीले खोजी गरिरहेको छ। उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा पठाइएको श्रेष्ठले बताए।
 

प्रकाशित मिति: १५:३२ बजे, शुक्रबार, असार २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्