Kathmandu Press

म्याग्दीमा बाढीपहिरोमा परी तीन जनाको मृत्यु, ३१ जना बेपत्ता 

म्याग्दी, असार २६ : म्याग्दीमा बाढी र पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। अन्य ३१ जना बेपत्ता भएका छन्। 

लगातारको वर्षापछि आएको बाढी ....

म्याग्दीमा बाढीपहिरोमा परी तीन जनाको मृत्यु, ३१ जना बेपत्ता 

म्याग्दी, असार २६ : म्याग्दीमा बाढी र पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। अन्य ३१ जना बेपत्ता भएका छन्। 

लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परेर धौलागिरी गाउँपालिका–७ र ताकमका दुई जना र रघुगंगा गाउँपालिका–६ का एक जनाको मृत्यु भएको म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले जानकारी दिए। उनका अनुसार रघुगंगा गाउँपालिका–६ का  ३४ वर्षीय ललितमान छन्त्यालको शव भेटिएको छ। 

उनका अनुसार धौलागिरि गाउँपालिका–६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना बेपत्ता भएका छन्। पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको र बेपत्ता भएकाहरुको खोजी भइरहेको उनले जानकारी दिए।

यस्तै, रघुरंगा खोलामा आएको बाढीले पुल बगाएको छ। 
 
प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, असार २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्