Kathmandu Press

विश्वविद्यालयको रजिस्ट्रार र डीन नियुक्ति खुला प्रतिस्पर्धाबाट

सुर्खेत, असार २६ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रजिस्ट्रार र डीनको नियुक्त खुला प्रतिस्पर्धाबाट गर्न लागेको छ। यसका लागि दरखास्त आह्वान गरेको छ।

विश्वविद्यालयको रजिस्ट्रार र डीन नियुक्ति खुला प्रतिस्पर्धाबाट

सुर्खेत, असार २६ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रजिस्ट्रार र डीनको नियुक्त खुला प्रतिस्पर्धाबाट गर्न लागेको छ। यसका लागि दरखास्त आह्वान गरेको छ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले खुला प्रतिस्पर्धाबाट रजिस्ट्रार र डीन छनोट गर्न लागेको बताएका छन्। लोकवार्ता विज्ञान विभागका विद्यार्थीसँग शुक्रबार भएको भेटघाटमा उपकुलपति प्रा.डा.सिंहले योग्य, क्षमतावान् र दूरदृष्टि साथ काम गर्नसक्ने व्यक्तित्वबीचको खुला प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गरिने बताए।

विश्वविद्यालयको विकास एवं हितमा सहयोग पुर्‍याउने उद्देश्यले दुवै पदका लागि दर्खास्त आह्वान गरिएको उनले बताए। “यसरी रजिस्ट्रार र डीन पदमा प्रतिस्पर्धाबाट नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयमा पहिलो घटना हो,” उनले भने, “जुन मध्यपश्चिम विश्वविद्यालयले गरेको छ।”

विश्वविद्यालयले आफ्नो वेबसाइटमा आवश्यक मापदण्डसहित रजिस्ट्रार र डीनको दर्खास्त आह्वानको सूचना जारी गरेको छ। उनले यसअघि राजनीतिक शक्तिका आधारमा नियुक्ति गरिँदै आएको प्रणालीलाई तोड्दै आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई मात्र छनोट गर्ने बताए।

मप विश्वविद्यालयको पदाधिकारी नियुक्तिका क्रममा आउने जस्तासुकै दबाबसँग जुधेर अगाडि बढ्ने र विश्वविद्यालयको भ्रष्टाचारलाई शून्यमा झार्ने एवं पारदर्शिता कायम गर्नेतर्फ अधिकतम जोड दिइने उनको भनाइ छ।

मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री)बाट हुने र सोही ऐनको दफा २६ बमोजिम डीनको नियुक्ति कार्यकारी परिषद्को निर्णयअनुसार उपकुलपतिबाट हुने व्यवस्था छ।

प्रकाशित मिति: १४:३९ बजे, शुक्रबार, असार २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्