Kathmandu Press

सलमान र आलियाको अनस्क्रिन रोमान्सको चर्चा

काठमाडौं, चैत ७ : अहिले बलिउड मिडियासँगै सामाजिक संजालमा एउटा खबरले चर्चा पाइरहेको छ । त्यो हो, सलमान खान र आलिया भट्टको अनस्क्रिन रोमान्स।

....

सलमान र आलियाको अनस्क्रिन रोमान्सको चर्चा

काठमाडौं, चैत ७ : अहिले बलिउड मिडियासँगै सामाजिक संजालमा एउटा खबरले चर्चा पाइरहेको छ । त्यो हो, सलमान खान र आलिया भट्टको अनस्क्रिन रोमान्स।

बलिउड निर्देशक संजय लिला भन्सालीले ‘इन्शाअल्ला’मा सलमान र आलियालाई लिने भएपछि मिडियासँगै सामाजिक संजालका नयाँ विषय बनेको हो । यसले उनीहरूका फ्यान पनि उत्साहित छन्।

उनीहरूको एउटा फोटो ट्वीटरमा भाइरल भएको छ । जसमा सलमान र आलियाको अहिलेको फोटोसँगै पुरानो फोटो कोलाज बनाइएको छ । जुन फोटोमा सलमान र बाल्यकालकी आलियासँगै रहेका छन्।

Hardik ivf

फोटोसँगै क्याप्सन राखिएको छ, ‘कसले सोचेको होला कि यी दुई कलाकर कुनै दिन सँगै काम गर्लान भनेर।’

योसँगै अरु पनि थुपै ट्वीटहरू गरिएको छ । जसमा यो जोडीलाई सँगै स्क्रिन सेयर गरेको हेर्न निकै आतुर भएको बताइएको छ।

सलमानले पछिल्लो पटक निर्देशक भन्सालीसँग सन् १९९९ मा ‘हम दिल दे चुके सनम’ मा काम गरेका थिए।

सलमान र आलियाको उमेरबीच ३० वर्षको फरक छ । यहि कारण होला दर्शकहरू ‘इन्शाअल्ला’मा कस्तो स्टोरी हुने होला भनेर जान्न आतुर छन्।

आलिया पनि सलमान र संजयसँग काम गर्न पाएकोमा निकै खुशी छिन् । जुन उनको पछिल्लो ट्वीटमा देख्न सकिन्छ । उनले लेखेकी छिन्, ‘आँखा खुल्ला राखेर सपाना देख भन्थे र मैले त्यसै गरेँ । सलमान सर र संजय सरसँग यो राम्रो यात्रा गर्न निकै आतुर छु।’

सलमानले पनि आलियालाई ‘इन्शाअल्ला’ टिममा स्वागत गर्दै लेखेका छन् । २० वर्ष पछि संजयसँग फेरि काम गर्न पाउँदा निकै खुशी छु । र आलियासँग चाडै काम गर्न चाहान्छु।’

प्रकाशित मिति: १३:५० बजे, बिहीबार, चैत ७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्