Kathmandu Press

सप्ताकोशी र नारायणीमा पानीको वहाव उच्च

सप्तरी, असार २६ : सप्तकोशी र नारायणी नदीमा पानीको वहाव उच्च रहेको छ। सप्तकोशीमो पानीको वहाले खतराको स्तर पारे गरेको छ भने नारायणीमा खतराको स्तर नजिक प....

सप्ताकोशी र नारायणीमा पानीको वहाव उच्च

सप्तरी, असार २६ : सप्तकोशी र नारायणी नदीमा पानीको वहाव उच्च रहेको छ। सप्तकोशीमो पानीको वहाले खतराको स्तर पारे गरेको छ भने नारायणीमा खतराको स्तर नजिक पुगेको छ।

शुक्रबार बिहानको मापनअनुसार सप्तकोसी ब्यारेज भएर दुई लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको छ। पानीको वहाव उच्च भएपछि ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सप्तकोसीमा पानीको बहावले खतराको स्तर पार गरेसँगै तटीय क्षेत्रका वासिन्दालाई सतर्क गरिएको छ। सुरक्षाकर्मीलाई अलर्ट राखिएको जनाएको छ।

त्यस्तै, शुक्रबार बिहान नारायण नदी (गण्डक ब्यारेज)मा पानीको बहाव खतरा नजिक पुगेको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। आज बिहानको पानीको वहाव बढेर १० दशमलब ४५ मिटर पुगेको छ। ११ मिटर पार गर्नुलाई खतरा  मानिन्छ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले गण्डक ब्यारेजमा सबै ढोका बन्द रहेकाले पानीको बहाव बढेदै गएको र नेपालतर्फ जोखिम बढेको बताए। ब्यारेजको ढोका खोल्नका लागि भारतीय पक्षसँग समन्वय भइरहेको उनले बताए। गण्डक क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

 

प्रकाशित मिति: ११:३९ बजे, शुक्रबार, असार २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्