Kathmandu Press

भाडा लिएर यात्रु बोक्ने निजी सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं, असार २६ : भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले....

भाडा लिएर यात्रु बोक्ने निजी सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं, असार २६ : भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौं उपत्यकामा प्रयोजन विपरीत भाडा लिएर यात्रु बोक्ने सवारीसाधन नियन्त्रणमा लिएको हो।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक वामदेव गौतमले रातो नम्बर प्लेटको सवारीसाधनले प्रयोजन विपरीत भाडा लिएर यात्रु ओसारपसार गरेकाले कारबाही गरिएको बताए। “लकडाउनको समयमा सार्वजनिक सवारीसाधन नचलेको मौका छोपेर प्रयोजन विपरीत निजी सवारीसाधन चलाएकाले नियन्त्रणमा लिएका हौँ,” उनले भने।

यातायात व्यवस्था ऐन, २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोक्न पाउँदैनन्।

प्रकाशित मिति: ११:२० बजे, शुक्रबार, असार २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्