Kathmandu Press

पहिरोले पुरिएर रुकुम पश्चिममा दुईको मृत्यु, एक घाइते

रुकुम पश्चिम, असार २६ : रुकुम पश्चिममा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आज बिहान ६ बजेतिर ....

पहिरोले पुरिएर रुकुम पश्चिममा दुईको मृत्यु, एक घाइते

रुकुम पश्चिम, असार २६ : रुकुम पश्चिममा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आज बिहान ६ बजेतिर गएको पहिरोले आठबीसकोट नगरपालिका ३ रेझेखोलाकी सीता दमाईंको एक तले घर परिएको हो। घर पुरिँदा २८ वर्षीया सीता र छोरा ६ वर्षीय हाविलको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए।

पहिराले घर पुरिँदा उनकी छोरी आठ वर्षीया हिरा घाइते भएकी छन् उनीको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक केसीले बताए।

उनका पति तुलबहादुर भने कामको सिलसिलामा नगरपालिकामै पर्ने गोतामकोट गएकाल थिए।

घर पुरिएको खबर पाउने वितिक्क पुगेको प्रहरी टोली र स्थानीय वासिन्दाले हिराको उद्धार गरेका हुन्। सीता र हाविल भने मृत भेटिएका छन्। घाइते हिराको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रकाशित मिति: १०:५८ बजे, शुक्रबार, असार २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्