Kathmandu Press

नेकपा स्थायी कमिटी बैठक सात दिन स्थगित

काठमाडौं, असार २६ : नेकपा स्थायी समिति बैठक फेरि स्थगित भएको छ। 

अविरल वर्षाका कारण मुलुकभर आएको बाढी र पहिरोका कारण स्थायी कमिटी ....

नेकपा स्थायी कमिटी बैठक सात दिन स्थगित

काठमाडौं, असार २६ : नेकपा स्थायी समिति बैठक फेरि स्थगित भएको छ। 

अविरल वर्षाका कारण मुलुकभर आएको बाढी र पहिरोका कारण स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बाढीपहिरो पीडितको उद्धार तथा राहतलगायतका काममा खटिन स्थायी कमिटी सदस्यहरु गृहजिल्ला जानुपर्ने भएकाले स्थायी कमिटी बैठक सात दिन स्थगित गरिएको उनको भनाइ छ। स्थायी कमिटीको अर्को बैठक साउन २ गते बस्ने छ। त्यसअघि पार्टीभिको विवाद मिलाउन प्रयास पनि जारी रहने प्रवक्ता श्रेष्ठले बताए।

पछिल्लो पकट नेकपा स्थायी कमिटी बैठक असारको १८ गते बसेको थियो। त्यसयता नियमित रुपमा स्थगित हुँदै आएको थियो।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने दबाब दिँदै आएका छन्। प्रधानमन्त्री ओली भने कुनै पनि पदबाट राजीनामा नदिने अडानमा छन्। जसले गर्दा नेकपाभित्र विवाद चर्किँदै आएको छ।

प्रकाशित मिति: १०:०१ बजे, शुक्रबार, असार २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्