Kathmandu Press

देशका विभिन्न स्थानमा भारी बर्षा, सतर्क रहन आग्रह 

काठमाडौं, असार २६ : लगातार बर्षा भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुन थप सक्रिय भएकाले अहिले पनि देशभर पानी परेको छ । सात....

देशका विभिन्न स्थानमा भारी बर्षा, सतर्क रहन आग्रह 

काठमाडौं, असार २६ : लगातार बर्षा भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुन थप सक्रिय भएकाले अहिले पनि देशभर पानी परेको छ । सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कञ्चनपुरको शान्तिपुर, बेलौरी र आसपासमा भारी वर्षा भैरहेको छ । कञ्चनपुर भइ बहने साना नदीमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन भनिएको छ । कास्कीको पोखरा आसपास ठूलो पानी परेको छ । 

नारायणी नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । चितवनको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासमा जोखिम छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

आज पनि सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि मौसममा बदली आएसँगै वर्षा भइरहेको छ । 
 

प्रकाशित मिति: ०८:१० बजे, शुक्रबार, असार २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्