Kathmandu Press

राष्ट्रपति भण्डारी बाह्रबीसे घटनाबाट मर्माहत

काठमाडौं, असार २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत ....

राष्ट्रपति भण्डारी बाह्रबीसे घटनाबाट मर्माहत
फाइल

काठमाडौं, असार २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत भएको बताएकी छिन्।

बिहीबार ट्वीटरमा ट्वीट गरी राष्ट्रपतिले बाढीले घर र भौतिक संरचनामा क्षति पु¥याएकामा दुःख व्यक्त गरेकी हुन्। साथै उनले पीडितको उद्धार, राहत र पुनःस्थापनामा ध्यान दिन अनुरोध गरेकी छिन्।

अत्यधिक वर्षापछि गएराति  सिन्धुपाल्चोकको जम्बु खोलामा बाढी आउँदा बाह्रबिसे नगरपालिका–५ का २० वर्षका निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको मृत्यु भएको थियो भने १६ जनाभन्दा बढी बेपत्ता भएका छन्। 

प्रकाशित मिति: १८:२२ बजे, बिहीबार, असार २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्