Kathmandu Press

मध्यपहाडी लोकमार्गका सिडिईविरूद्ध सवा दुई करोड भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, असार २५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपहाडी पश्चिम लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङ्गका सिडिई जितेन्द्र राज शाक्यविरुद्ध भ्....

मध्यपहाडी लोकमार्गका सिडिईविरूद्ध सवा दुई करोड भ्रष्टाचारको मुद्दा दायर
फाइल

काठमाडौं, असार २५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपहाडी पश्चिम लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङ्गका सिडिई जितेन्द्र राज शाक्यविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

२ करोड २५ लाख ४ हजार रुपैयाँ गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले शाक्यविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। सिडिई  १०५ वटा नक्कली कोटेशन बनाएर पाँच करोडभन्दा बढी हिनामिना गरी अकूत सम्पत्ति आर्जन गरेकाले शाक्यको सम्पत्तिसमेत छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको थियो।

उजुरीमाथि छानविन गर्दा २ करोड २५ लाख ४ हजार रुपैयाँ गैरकानूनी रुपमा सम्पत्ति आर्जन पुष्टि भएपछि अख्तियारले मद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।  अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार शाक्यमाथि विगो जरिवाना र कैद सजायको माग गरेको छ।

उनले विगो तिर्न नसकेको खण्डमा उनकै चलअचल सम्पत्तिबाट जफत गर्न पनि अख्तियारको माग दाबी छ। शाक्यले भ्रष्टाचार गरी कमाएको सम्पत्ति श्रीमती मिथिला शाक्य नाममा पनि राखेको पाइएकाले जफत गर्न प्रतिवादी कायम गरेको छ।

प्रकाशित मिति: १८:१५ बजे, बिहीबार, असार २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्