Kathmandu Press

भ्रम फैलाउने भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोज्छौं :  सरकार 

काठमाडौं, असार २५  : सरकारले नेपाली र नेपालको राष्ट्रियताका विषयमा भ्रम फैलाउने भारतीय मिडियाबारे राजनीतिक र कानूनी उपचार खोज्ने बताएको छ।&n....

भ्रम फैलाउने भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोज्छौं :  सरकार 
फाइल

काठमाडौं, असार २५  : सरकारले नेपाली र नेपालको राष्ट्रियताका विषयमा भ्रम फैलाउने भारतीय मिडियाबारे राजनीतिक र कानूनी उपचार खोज्ने बताएको छ। 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राष्ट्र, राष्ट्रियता सार्वभौमिकता र नेपालीको स्वाभिमानमा आँच पुर्‍याउने खालका समाचार सम्प्रेषण गर्ने भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोज्ने बताएका हुन्। 

‘हाम्रो राष्ट्र तथा राष्ट्रियता सार्वभौमिकता र नेपालीका स्वाभिमानमा आँच पुर्‍याउने समाचारहरू सम्प्रेषण नगर्न हामी अनुरोध पनि गर्दछौं। यसमा छिमेकी मुलुकका मिडिया पनि पर्छन्। हामीले राजनीतिक र कानूनी दुई वटै उपचार खोज्नु पर्ने हुन्छ,’ खतिवडाले भने।

प्रवक्ता खतिवडाले भारतीय मिडियाले गरिरहेको चरित्र हत्या र नेपालबारे फैलाइरहेको भ्रम रोक्न कूटनीति माध्यमको पनि परिचालन गर्ने बताए। ‘सञ्चारमाध्यमहरूले स्वच्छ, स्वस्थ, पारदर्शी ढंगले समाचार सम्प्रेषण गरून् भन्ने हामी सबैको साझा ध्येय त्यही नै हो। चाहे स्वदेशी हुन् चाहे विदेशी हुन्। हामीले कुनै दुर्भाव फैलाउने गरी, चरित्र हत्या गर्ने गरी, मानमर्यादा र प्रतिष्ठा घटाउने गरी समाचार र विश्लेषणको सरकारले भत्र्सना गर्छ,’उनले भने। 

उनले सरकारको चाहना मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा मिडिया आफू अनुशासनमा बसोस् र सही समाचारहरु मात्रै सम्प्रेषण गरोस् भन्ने रहेको बताए।

भारतीय मिडियाले केही दिन यता नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको अनर्गन प्रचार गर्दै आएका छन्। नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीसँग जोडेर प्रधानमन्त्री ओलीलाई होच्याउने खालका सामग्री भारतीय टेलिभिजनहरुले प्रशारण गरिरहेका छन्। 
 

प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, असार २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्