मोहना अन्सारीको अभिव्यक्तिप्रति मानवअधिकार आयोगको आपत्ति, भन्यो- भ्रम सिर्जना हुने गरी नबोल्नू
काठमाडौं, असार २५ : राष्ट्रिय मानवअधिकार आयोगले आयोगकी सदस्य मोहना अन्सारीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। साथै, सदस्य अन्सारीलाई भ्रम ....

काठमाडौं, असार २५ : राष्ट्रिय मानवअधिकार आयोगले आयोगकी सदस्य मोहना अन्सारीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। साथै, सदस्य अन्सारीलाई भ्रम सिर्जना हुने गरी नबोल्न पनि सचेत गराएको छ।
समाजवादी पार्टीले सरिता गिरीलाई सांसदबाट हटाउने निर्णय गरेपछि आयोगकी सदस्य अन्सारीले असार २३ गते सामाजिक सञ्जाल ट्वीटरमार्फत विरोध जनाएकी थिइन्।
आयोगका अध्यक्ष अनुपराज शर्माले बिहीबार विज्ञप्ति जारी गरी सदस्य अन्सारीले व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन्। आयोगले अन्सारीको अभिव्यक्तिप्रति खेद प्रकट गर्दैै कोही पनि भ्रममा नपर्न आग्रह गरेको छ।
‘दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ। यस आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो। तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक छ। तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
समाजवादी पार्टीले सरकारले भारतद्वारा अतिक्रमित नेपाली भू–भागलाई समेटेर जारी गरेको नयाँ नक्सा लागू गर्न गरिएको संविधान संशोधनको प्रक्रियामा पार्टीको ह्विपविरुद्ध सहभागी नभएको भन्दै गिरीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन र सांसदबाट हटाउने निर्णय गरेको थियो। उक्त निर्णयपछि आयोगकी सदस्य अन्सारीले विरोध जनाएकी थिइन्।




-1792226847.jpeg)






-1792226847.jpeg)