Kathmandu Press

काठमाडौंमा बिहीबार थपिए पाँच जना कोरोना संक्रमित

काठमाडौं, असार २५ :  काठमाडौंमा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक....

काठमाडौंमा बिहीबार थपिए पाँच जना कोरोना संक्रमित
फाइल

काठमाडौं, असार २५ :  काठमाडौंमा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंमा थप पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा दुई जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र वीर अस्पतालको प्रयोगशालामा एक–एक जनामा कोरोनाको संक्रमण भेटिएको हो।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ५ सय ३१ पुगेको छ। संक्रमितमध्ये हालसम्म ७  हजार ८ सय ९१ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ।  प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर १३९ जना घर फर्किएका छन्।

प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, असार २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्