नियुक्त भएको तीन महिनापछि चीन पुगे राजदूत पाण्डे
काठमाडाैं, असार २५ : नियुक्ति पाएको तीन महिनापछि चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डे कार्यभार सम्हाल्न चीन पुगेका छन्।
क....

काठमाडाैं, असार २५ : नियुक्ति पाएको तीन महिनापछि चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डे कार्यभार सम्हाल्न चीन पुगेका छन्।
कार्यभार सम्हालन राजदूत पाण्डे बिहीबार चीन पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। गत वैशाख पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनका लागि राजदूतमा नियुक्त गरेकी थिइन्।
सरकारले गत वर्ष फागुन १८ मा तत्कालीन राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई राजदूत बनाउने निर्णय गरेको थियो।
पाण्डेले गत वैशाख १४ गते राष्ट्रपति भण्डारीबाट शपथ खाएका थिए। कोभिड-१९ का कारण चीन जानबाट रोकिएका पाण्डे बुधबार राति काठमाडौंबाट हिमालय एयरलान्यसमार्फत चीन गएका हुन्।
चीनको थ्येनचिन पिनहाइ एयरपोर्टमा अवतरण गरेका पाण्डे सहित उनके परिवारको स्वास्थ्य परिक्षण समेत गरिएको छ। उनीहरु बेइजिङ स्थित दूतावासमा १४ दिनको क्वारेन्टिनमा रहने बताइएको छ।दुई सातापछि मात्रै उनले अपौचारिक रुपमा कार्यभार सम्हाल्नेछन्।




-1792226847.jpeg)






-1792226847.jpeg)