Kathmandu Press

जनता समाजवादी पार्टी  निर्वाचन आयोगमा दर्ता 

काठमाडौं, असार २५ : जनता समाजवादी पार्टी (जसपा) ,नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। 

आयोगको बुधबार बसेको बैठकले जसपा दल दर्ता गर्ने नि....

जनता समाजवादी पार्टी  निर्वाचन आयोगमा दर्ता 

काठमाडौं, असार २५ : जनता समाजवादी पार्टी (जसपा) ,नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। 

आयोगको बुधबार बसेको बैठकले जसपा दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। ‘जसपालाई नयाँ दलको मान्यता दिने र दर्ता गर्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने। 

यसअघि समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएसँगै जसपाका नेताहरुले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।  जसपालाई दल दर्ताको प्रमाण पत्र भने शुक्रबार दिइने आयोगले जनाएको छ। 

प्रकाशित मिति: १३:४२ बजे, बिहीबार, असार २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्