Kathmandu Press

भारतीय सञ्चारमाध्यमलाई नेकपा प्रवक्ताले भने- हद भयो, बकबास बन्द गर 

काठमाडौं, असार २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले  भारतीय सञ्चारमाध्यमले सरकार र प्रधानमन्त्री केपी शर्मा....

भारतीय सञ्चारमाध्यमलाई नेकपा प्रवक्ताले भने- हद भयो, बकबास बन्द गर 
फाइल

काठमाडौं, असार २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले  भारतीय सञ्चारमाध्यमले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको अनर्गन प्रचार गरेकोमा आपत्ति जनाएका छन्।

 केही समय यता भारतीय सञ्चारमाध्यमले नेपाललाई जोडेर अर्नगल प्रचार गरिरहेका छन्। पछिल्लो पटक नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीसँग जोडेर प्रधानमन्त्री ओलीलाई होच्याउने खालका सामग्री भारतीय टेलिभिजनहरुले प्रशारण गरिरहेका छन्। 

यही सन्दर्भमा श्रेष्ठले भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको बताएका छन्। ‘भारतीय सञ्चारमाध्यमले हाम्रो सरकार र प्रधानमन्त्रीबारे गरेको अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो।बकवास बन्द गर। हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एकढिक्का छौं। विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौँ। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो,’उनले ट्वीटरमा भनेका छन्।

प्रकाशित मिति: १३:३२ बजे, बिहीबार, असार २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्