Kathmandu Press

नवनियुक्त आईजीपी क्षेत्रीको चेतावनी- बर्दीमा दाग लगाए निर्मम कारवाही हुन्छ

काठमाडौं, असार २५ :  नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले बर्दीमा दाग लगाउने प्रहरीमाथि निर्मम कारवाही हुने चेतावनी दिएका ....

नवनियुक्त आईजीपी क्षेत्रीको चेतावनी- बर्दीमा दाग लगाए निर्मम कारवाही हुन्छ

काठमाडौं, असार २५ :  नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले बर्दीमा दाग लगाउने प्रहरीमाथि निर्मम कारवाही हुने चेतावनी दिएका छन्। 

बिहीबार आईजीपीको कार्यभार सम्हाल्दै प्रहरी महानिरीक्ष क्षेत्रीले भने,‘कसैले पनि बर्दीमा दाग लगाउँछ भने त्योमाथि निर्ममरुपमा कारवाही हुन्छ।’  उनले आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरीका रुपमा नठान्न पनि आग्रह गरेका छन्। 

उनले   प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले त्यो वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए। देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ। 

आईजीपी क्षेत्रीले कानूनले तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताए। प्रहरी जनतामा घुलमिल हुने सङ्गठन भएकाले नागरिकमैत्री व्यवहार गर्न उनले प्रहरीलाई आग्रह गरे। अपराध अनुसन्धानमा शून्य सहनशीलता अपनाउन पनि उनले प्रहरी अधिकृतलाई निर्देशन दिए। 

फरक प्रसंगमा आईजीपी क्षेत्रीले सरुवा, बढुवा, तथा वृत्तिविकासमा दबाब र प्रभावमा पर्नुपरेको भन्ने कुरा सुन्नमा आएकाले मूल्यांकनमा अब्बल व्यक्ति नै छनोट हुने स्पष्ट पारे।

आईजीपीको कार्यभार सम्हाल्नुअघि गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।  यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण बुधबारदेखि अवकाश लिएपछि सरकारले क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो। 

प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, असार २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्