सिन्धुपाल्चोक बाढीपहिरो : सडक अवरुद्ध, हेलिकप्टर जान सकेन
सिन्धुपाल्चोक, असार २५ : सिन्धुपाल्चोकमा बाढी र पहिरोले धनजनको क्षति गरेको छ। सडक अवरुद्ध भएको छ भने हेलिकप्टर उड्न नसक्दा घाइतको उद्धारमा कठिनाइ भएको....

सिन्धुपाल्चोक, असार २५ : सिन्धुपाल्चोकमा बाढी र पहिरोले धनजनको क्षति गरेको छ। सडक अवरुद्ध भएको छ भने हेलिकप्टर उड्न नसक्दा घाइतको उद्धारमा कठिनाइ भएको छ।
गएराति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ मा गएको बाढी र पहिरोले १ड घर बगाएको छ। घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने अझै १४ जना वेपत्ता रहेका छन्।
भोटेकोशीलगायतका नदीमा आएको बाढी र पहिरोमा परि पाँच जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि काठमाडौं लैजान समस्या भएको छ।
बाढी र पहिरोले गर्दा सडक अवरुद्ध भएको छ। ठाउँ ठाउँमा पहिरो गएका कारण गाडी चल्न सकेका छैनन्।
घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास पनि सफल हुन सकेको छैन। आज बिहान काठमाडौंबाट सिन्धुपाल्चोकका लागि उडेको नेपाली सेनाको हेलिकप्टर काँभ्रेको धुलिखेलबाटै फर्किएको छ। खराब मौसमका कारण सिन्धुपाल्चोक जान नसकेको जनाएको छ।
त्यहि हेलिकप्टरबाट घाइतेहरुको उद्धार गर्ने तयारी थियो। हेलिकप्टरमा सभामुख अग्निप्रसाद सापकोटा पनि सिन्धुपाल्चोक जाँदै थिए।
घाइतेहरुलाई बोकेरै ल्याउन लागिएको बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पाले बताए। गाडी चल्ने ठाउँसम्म बोकेर ल्याइन लागेको उनको भनाइ छ।
बाढी र पहिरोग्रस्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। वेपत्ता भएका स्थानीय वासिन्दाको खोजी भइरहेको जनाएको छ।




-1792226847.jpeg)






-1792226847.jpeg)