Kathmandu Press

रोपाइँ गर्दा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

सर्लाही, असार २५ : सर्लाहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

रोपाइँ गर्ने क्रममा चट्याङ लागेर बागमती नगरपालि....

रोपाइँ गर्दा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

सर्लाही, असार २५ : सर्लाहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

रोपाइँ गर्ने क्रममा चट्याङ लागेर बागमती नगरपालिका–१० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान बागमती नगरपालिका–८ निवासी सुनमाया बस्नेतको खेतमा धान रोप्दै गरेको समयमा परेको चट्याङ लागेर छोटु र कमलादेवी मुखिया घाइते भएका थिए।

चट्याङ लागेर बेहोस भएका दुवै जनालाई उपचारका लागि बरहथवातर्फ लग्दै गर्दा छोटुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते कमलादेवी भने उपचारपछि घर फर्किएकी छन्। उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए।

त्यस्तै चट्याङ लागेर बलरा नगरपालिकामा एक युवक घाइते भएका छन्। आज बिहान वर्षासँगै परेको चट्याङ लागेर बलरा नगरपालिका–१ का ३५ वर्षीय बरुण सहनी घाइते भएका हुन्। उनीलाई उपचारका लागि भारतको सितामढीतर्फ लगिएको  प्रहरीले जनाएको छ।     

 

प्रकाशित मिति: १२:०३ बजे, बिहीबार, असार २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्