Kathmandu Press

नेपालमा लुकिरहेका भनिएका विकास दुबे मध्य प्रदेशबाट पक्राउ

काठमाडौं, असार २५ : भारतमा डीएसपीसहित आठ प्रहरीको हत्या गरेपछि भागेका गुण्डा नाइकेका विकास दुबे भारतकै मध्य प्रदेशबाट पक्राउ परेका छन्।

गुण्....

नेपालमा लुकिरहेका भनिएका विकास दुबे मध्य प्रदेशबाट पक्राउ
एजेन्सी

काठमाडौं, असार २५ : भारतमा डीएसपीसहित आठ प्रहरीको हत्या गरेपछि भागेका गुण्डा नाइकेका विकास दुबे भारतकै मध्य प्रदेशबाट पक्राउ परेका छन्।

गुण्डा नाइके दुबेले एक साताअघि भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरीको गोली हानी हत्या गरेका थिए। प्रहरी टोली उनलाई नै पक्राउ गर्न गएको थियो।उनी विरुद्ध ६० वटा उजुरी परेका थिए। तिनैको अनुसन्धानका लागि पक्राउ गर्न गएको प्रहरी टोलीमाथि नै आक्रमण गरेका थिए।

एक्जाभेटर राखेर घर आउने बाटो छेकेपछि प्रहरी टोली गाडीबाट उत्रेर पैदल हिडेको थियो। त्यहिवेला गुण्डा नाइके दुवेले गोली प्रहार गरेका थिए। त्यसपछि उनी फरार रहेका थिए। भारतीय अधिकारी र मिडियाले उनी भागेर नेपाल पुगेको दाबी गरेका थिए। दुबे नेपालमा लुकिरहेको उनीहरुको जिकिर थियो।

तर, आज उनलाई भारतको मध्ये प्रदेशस्थित उज्जैनबाट पक्राउ गरिएको छ। मध्ये प्रदशका मुख्यमन्त्री शिवराजसिंह चौहानले ट्वीट गर्दै दुबेलाई उत्तर प्रदेश प्रहरीलाई बुझाउने तयारी भइरहेको बताएका छन्।

उज्जैन मन्दिरमा पूजा गरेन गइरहेका वेला सुरक्षाकर्मीले पक्राउ गरेका हुन्। मन्दिर जाँदै गर्दा श‌ंका लागेपछि प्रहरीले साेधपुछ गरेका थिए। साेधपुछ गर्दा भाग्न खाेजेपछि पक्राउन गरिएकाे जनाएकाे छ।

 

प्रकाशित मिति: ११:३९ बजे, बिहीबार, असार २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्