बाढीले मध्य भोटेकोशी जलविद्युत आयोजनामा क्षति, एक चिनियाँ प्राविधिक बेपत्ता
सिन्धुपाल्चोक, असार २५ : भोटेकोशीमा आएको बाढीले मध्य भोटेकोशी जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढीले आयोजनामा संरचना बगाउँदा एक चिनीयाँ प्राविधिक ब....

सिन्धुपाल्चोक, असार २५ : भोटेकोशीमा आएको बाढीले मध्य भोटेकोशी जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढीले आयोजनामा संरचना बगाउँदा एक चिनीयाँ प्राविधिक बेपत्ता भएका छन्।
गएराति आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनामा क्षति पुगेको हो। आयोजनाका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्लेका अनुसार एक जना प्राविधिक बेपत्ता भएका छन्। उनी चिनियाँ प्राविधिक रहेको उनले बताए।
बाढीले आयोजनाको भण्डार गृह बगाएको छ। त्यहाँ इलोक्ट्रोमेकानिकल सामान राखिँदै आएको थियो। बाढीले आयोजनाका उपकरण पनि बगाएको काफ्लेले बताए।
बाढीले मध्य भोटेकोशी जलविद्युत आयोजनाको विद्युतगृहमा पनि पानी भरिएको छ। विद्युतगृहमा पनि क्षति भएको जनाएको छ।
बुधबार राति १२ बजे सिन्धुपाल्चोकको भोटेकोशी र अन्य नदीमा आएको बाढीले धनजनको क्षति गरेको छ। बाह्रबिसे नगरपालिका ५ मा १८ घर बगाएको छ। दुई जनाको मृत्यु भएको छ भने १४ जना वेपत्ता रहेका छन्।




-1792226847.jpeg)






-1792226847.jpeg)