बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारमा खटिन कार्यकर्तालाई देउवाको निर्देशन
काठमाडौं, असार २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्दारमा ....

काठमाडौं, असार २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्दारमा खटिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्।
सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा बाढी, पहिरोबाट ठूलो जनधनको क्षति पुग्ने देखिएको भन्दै देउवाले तत्काल उद्दारमा खटिन कांग्रेस कार्यकर्तालाई निर्देशन दिएका हुन्।
बिहीबार बिहान ट्वीट गर्दै सभापति देउवाले त्यस क्षेत्रमा छिटो भन्दा छिटो टोली खटाएर थप मानवीय र भौतिक क्षति हुनबाट जोगाउन सरकारसँग माग गरेका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा आएको भीषण बाढी, पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने दुई जनाको शव फेला परेको छ ।




-1792226847.jpeg)






-1792226847.jpeg)