Kathmandu Press

होलीमा १० दुर्घटना, दुईको मृत्यु

काठमाडौं, चैत ७ : होलीको समयमा काठमाडौंमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार, ....

होलीमा १० दुर्घटना, दुईको मृत्यु

काठमाडौं, चैत ७ : होलीको समयमा काठमाडौंमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार, होली खेल्ने क्रममा भएको दुर्घटनामा काठमाडौंको कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुरको गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको हो।

होलीका समयमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा छुट्टाछुट्टै दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका तीन जनाको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, होलीका क्रममा काठमाडौं उपत्यकामा १० दुर्घटना भएको प्रहरीले जनाएको छ।

होलीका दिन बुधबार ट्राफिक प्रहरीले जथाभावी रुपमा सवारीसाधन चलाउने नौ सय १८ चालकलाई कारवाही गरेको छ । त्यसमध्ये नौ सय पाँच दुईपाङ्ग्रे र १३ चारपाङ्ग्रे सवारीसाधनका चालक परेका छन्।

 

प्रकाशित मिति: ११:१७ बजे, बिहीबार, चैत ७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्