Kathmandu Press

स्वास्थ्य मन्त्रालयको चेतावनी- शुल्क लिएर कोरोना परीक्षण गरे कारबाही गर्छौं

काठमाडौं, असार २४ :  सरकारले शुल्क लिएर कोरोना परीक्षण गरे कारबाही गर्ने चेतावनी दिएको छ। 

कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले....

स्वास्थ्य मन्त्रालयको चेतावनी- शुल्क लिएर कोरोना परीक्षण गरे कारबाही गर्छौं

काठमाडौं, असार २४ :  सरकारले शुल्क लिएर कोरोना परीक्षण गरे कारबाही गर्ने चेतावनी दिएको छ। 

कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षणबापत शुल्क लिएको समाचार बाहिर आइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गरेबापत शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको हो। 

मन्त्रालयमा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षणबापत शुल्क लिने गरेको जानकारी आएको र त्यसो गरे कारबाही गरिने बताए। प्रवक्ता गौतमले सरकारी खर्चमा नै परीक्षण भइरहेकाले शुल्क लिने संस्थालाई नियमानुसार कारवाही हुने पनि बताए।

यस्तै, मन्त्रालयले अत्यावश्यक कामका लागि भन्दा बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न नागरिकलाई आग्रह पनि गरेको छ। लकडाउन खुकुलो भएसँगै कार्यालय, पसल र सडकमा भीडभाड बढेको देखिनु स्वाभाविक जस्तो लागे पनि त्यसले जोखिम निम्ताउने उनले बताए। 

उनले चिया पसलमा भीडभाड गर्नुको साटो घरभित्रै परिवारसँग बस्न सबैलाई अनुरोध गरे। ‘चाडपर्व, जात्रा, मेला अरू समयमा पनि आउने भएकाले अहिले नागरिकले स्वास्थ्य सावधानी अपनाउनुपर्छ,’ उनले भने।

संक्रमणमुक्त भएर घर फर्किएकालाई समेत परिवार र समुदायले घर छिर्न नदिएको भन्ने सुन्नमा आएको भन्दै प्रवक्ता गौतमले संक्रमणलाई जितेर फर्किएकालाई परिवार र समाजले राम्रो व्यवहार गर्नु पर्ने बताए।
 

प्रकाशित मिति: १९:१९ बजे, बुधबार, असार २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्