Kathmandu Press

पीसीआर परीक्षण :  सार्क मुलुकमा नेपाल सबैभन्दा अगाडि

काठमाडौं, असार २४ :  दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको ....

पीसीआर परीक्षण :  सार्क मुलुकमा नेपाल सबैभन्दा अगाडि
फाइल

काठमाडौं, असार २४ :  दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ।

प्रति दश लाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार नेपालको प्रति १० लाखमा नौ हजार १५६ जनाको परीक्षण भएको छ। 

शुरुमा एक ठाउँबाट गरिएको पीसीआर परीक्षण अहिले  देशभर २५ वटा प्रयोगशालाबाट गरिन्छ। नेपालपछि प्रति दश लाख जनाको पीसीआर परीक्षणमा भारतमा ७ हजार ५८८, पाकिस्तानमा ६ हजार ६४०, बङ्गलादेशमा पाँच हजार ४१६, श्रीलङ्कामा पाँच हजार ३५९ र अफगानिस्तानमा एक हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको छ।

नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ४५७ जनाको पीसीआर परीक्षण गरिएको छ भने विगत २४ घण्टामा चार हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए।  नेपालमा कूल १६ हजार ४२३ जना संक्रमित भएका छन्। तीमध्ये सात हजार ७५२ जना निको भई घर फर्किसकेको उनले बताए।  

प्रवक्ता डा. गौतमका अनुसार सार्क मुलुकमध्ये नेपालमो कोभिड–१९ का कारण प्रति दश लाखमा एक जनाको मात्र मृत्यु भएको छ। नेपालमा अहिलेसम्म कोभिड–१९ संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ। 

यस्तै, कोभिड–१९ का कारण प्रति दश लाखमा अफगानिस्तानमा २४, बङ्गलादेशमा १३, पाकिस्तानमा २२ र भारतमा १५ जनाको मृत्यु भएको छ। 
 

प्रकाशित मिति: १९:०९ बजे, बुधबार, असार २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्