प्रधानमन्त्रीको समर्थनमा काठमाडौंमा प्रदर्शन (फोटो फिचर)
काठमाडौं, असार २४ : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरिएको छ।
प्रधानमन्त्रीको राजीनामाको विषयलाई लिएर सत्त....

काठमाडौं, असार २४ : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरिएको छ।
प्रधानमन्त्रीको राजीनामाको विषयलाई लिएर सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहेका बेला ओलीको समर्थनमा प्रदर्शन भएको हो।
प्रधानमन्त्री ओलीको समर्थनमा बुधबार काठमाडौंका विभिन्न ठाउँमा प्ले कार्ड बोकेर नेकपाका कार्यकर्ता सडकमा उत्रिएका थिए। प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंको चाबहिल, ललितपुरको लगनखेलसहितका ठाउँमा प्रदर्शन गरिएको थियो। चाबहिलमा गरिएको प्रदर्शनमा शारिरीकरुपमा अपाङ्गता भएका व्यक्ति पनि सहभागी थिए।

प्रदर्शनमा उत्रिएकाले ‘फेर्नु छ चाँडो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरकार, राष्ट्रको शीर उचो राख्न प्रधानमन्त्रीले चालेको कदम ठीक छ, ठीकलाई ठीक भनौं, वैदेशिक हस्तक्षेप बन्द गर’ लगायतका नारा लेखिएका प्ले कार्डसहित बोकेका थिए।








-1792226847.jpeg)






-1792226847.jpeg)