Kathmandu Press

ट्याक्सी सञ्चालन गर्न दिन सरकारलाई विकास समितिको निर्देशन

काठमाडौं, असार २४ : संघीय संसद अन्तर्गतको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न दिन सरकारलाई निर्देशन दिएको छ। 

समि....

ट्याक्सी सञ्चालन गर्न दिन सरकारलाई विकास समितिको निर्देशन
फाइल

काठमाडौं, असार २४ : संघीय संसद अन्तर्गतको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न दिन सरकारलाई निर्देशन दिएको छ। 

समितिको बुधबार बसेको बैठकले सर्वसाधारणको आवतजावतलाई थप सहज बनाउन ट्याक्सी यातायात सञ्चालन गर्न दिन सरकारलाई निर्देशन दिएको हो।

समितिले विश्व स्वासथ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड १९ क्राइसीस म्यानेजमेन्ट कमिट (सीएमसी) ले तयार पारेको मापदण्ड पूरा गरी सर्वासाधारणलाई आवतजावतमा थप सहजता प्रदान गर्न ट्याक्सी सञ्चालनको आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन्। 

समितिको बैठकमा सार्वजनिक यातायातसँग स्म्बद्ध सरोकारवाला मजदुर संगठन र व्यवसायिक संगठनहरुका पदाधिकारी तथा प्रतिनिधिहरुले लकडाउनका कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको गुनासो गरेका थिए। यस्तै, उनीहरुले दैनिक गुजारा चलाउन नसकेपछि आत्महत्याको तहसम्म पुग्नुर्ने दर्दनाक परिस्थितिको सिर्जना भएको, बैंकको ऋण तिर्न नसकेको लगायतको गुनासो बैठकमा गरेका थिए। 

समितिको अर्को बैठक असार २५ गते बिहान ११ बजे पुनः बस्नेछ। 

प्रकाशित मिति: १६:१५ बजे, बुधबार, असार २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्