Kathmandu Press

कर्णाली प्रदेशमा थप २० जनामा कोरोनाको संक्रमण पुष्टि

वीरेन्द्रनगर, असार २४ :  कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार प्रादेशिक अस्पताल सुर्खेत, पशुपन्छी ....

कर्णाली प्रदेशमा थप २० जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

वीरेन्द्रनगर, असार २४ :  कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार प्रादेशिक अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा थप २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु सुर्खेतका १३, दैलेखका पाँच र मुगुका दुई जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४, ६, ७, ९, १०, १२ का ११ जना र बराहताल गाउँपालिका र लेकबेसी नगरपालिकाका एक– एक जनामा संक्रमण देखिएको छ। 

यस्तै, दैलेखको नौमुले गाउँपालिका–१ र ६ का तीन जना तथा दुल्लु  नगरपालिका– ४ र १२ का दुई जना रहेका छन् भने मुगुको खत्याड गाउँपालिका–७ का दुई जना रहेका छन्।

यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा बुधबार थपिएका कोरोना संक्रमितको संख्या पुष्टि गरिसकेको छैन। 
 

प्रकाशित मिति: १५:४२ बजे, बुधबार, असार २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्