भारत र चीनको भूमिका तुलना गर्दै योगेशको प्रश्न- विग्रह ल्याउन खोज्ने ठीक कि एकतामा सद्भाव राख्ने ठीक?
काठमाडौं, असार २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीभित्र अन्तरविरोधमा घ्यू थप्नु ठीक कि एकतामा सद्&z....

काठमाडौं, असार २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीभित्र अन्तरविरोधमा घ्यू थप्नु ठीक कि एकतामा सद्भाव राख्नु ठीक हो भन्ने प्रश्न गरेका छन्।
नेकपाभित्रको अन्तरविरोधलाई लिएर भारत र चीनले खेलिरहेको भूमिकाप्रति संकेत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टीबीचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्भाव राख्नु ठीक हो भन्ने प्रश्न गरेका हुन्।
बुधबार फेसबुममा चार बुँदे स्ट्याटस लेख्दै भट्टराईले नाम उल्लेख नगरी नेपालको मामिलामा चीनले खेलेको भूमिकाको प्रशंसा गर्दै भारतको गतिविधिबारे घुमाउँरो भाषामा आलोचना गरेका छन्।
उनले पहिलो बुँदामै संविधान जारी गर्दा असफल पार्न खोज्नु ठीक वा संविधान निर्माणप्रति सद्भाव राख्न ठीक भनेर प्रश्न गरेका छन्। संविधान जारी गर्दा वा त्यसपछि संविधानलाई भारतले स्वागत नगरेको प्रति भट्टराईले इंकित गरेका छन्।
यस्तै, भट्टराईले दोस्रो बुँदामा भनेका पहिलो र दोस्रो संविधान सभाका बेला जाति, जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठीक कि त्यसलाई हल गर्न र नेपालीको एकताप्रति सद्भाव राख्नु ठीक भनेर प्रश्न गरेका छन्।
‘पहिलो र दोस्रो संबिधानसभाका बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा बिग्रह ल्याउन प्रयत्न गर्नु ठीक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्भाव राख्नु ठीक ?,’ उनले प्रश्न गरेका छन्।
यस्तै, संविधान जारी भएपछि भारतले लगाएको नाकावन्दीको प्रसंग पनि तेस्रो बुँदामा भट्टराईले उठान गरेका छन्। ‘ नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठीक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठीक?,’ उनले भनेका छन्।











