Kathmandu Press

दक्षिण एसियामा १२ लाखलाई कोरोना, कुन देशमा कति?

काठमाडौं, असार २४ : नेपालसहित दक्षिण एसियाका देशहरुमा पनि कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको छ। भुटाबाहेक सबै देशमा महामारी फैलिदै गएको छ।

....
दक्षिण एसियामा १२ लाखलाई कोरोना, कुन देशमा कति?

काठमाडौं, असार २४ : नेपालसहित दक्षिण एसियाका देशहरुमा पनि कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको छ। भुटाबाहेक सबै देशमा महामारी फैलिदै गएको छ।

दक्षिण एसियमा कोरोना संक्रमितको संख्या १२ लाख चार हजार तीन सय ९१ पुगेको छ। त्यस्तै, कोरोनाबाट ३५ हजार सात सय ४७ जनाको मृत्यु भएको । सबैभन्दा बढी भारतमा कोरोना संक्रमति रहेका छन्।

बुधबार मध्याह्नसम्म भारतमा कोरोना संक्रमितको संख्या सात लात ४४ हजार तीन सय ३३ पुगेको छ। जसमा आज मात्रै आठ सय ४९ जना थपिएका छन्। अहिलेसम्म भारतमा २० हजार ६ सय ७१ जनाको मृत्यु भएको छ। अझै आठ हजार नौ सय ४४ जना गम्भीर रहेका छन्।

दोस्रो नम्बरमा रहेको पाकिस्तानमा कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार चार सय ८९ पुगेको छ। जसमध्ये ११ हजार नौ सय ३१ जनाको मृत्यु भएको छ।

त्यस्तै, बंगलादेश तेस्रो नम्बरमा रहेको छ। बंगलादेशमा एक लाख ६८ हजार ६ सय ४५ जना संक्रमितमध्ये दुई हजार एक सय ५१ जनाको मृत्यु भएको छ।

चौथो नम्बरमा रहेको अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३३ हजार पाँच सय ९४ पुगेको छ। जसमध्ये नौ सय ३६ जनाको मृत्यु भएको छ। अफगानिस्तानमा कोरोना संक्रमण बढ्दै गएको छ।

नेपाल दक्षिण एसियाका देशमा पाँचौ नम्बरमा रहेको छ। नेपालमा संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको छ। जसमध्ये ३५ जनाको मृत्यु भएको छ।

छैटौं नम्बरमा मालदिभ्स रहेको छ। जहाँ कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय एक पुगेको छ भने १२ जनाको मृत्यु भएको छ।  श्रीलंका सातौं नम्बरमा छ। श्रीलंकामा दुई हजार ८१ जनामा कोरोना देखिएको छ। कोरोनाबाट ११ जनाको मृत्यु भएको छ।

पुछारमा रहेको भुटानमा भने कोरोना भाइरसको संक्रमित नियन्त्रणमा रहेको छ। भुटानमा ८० जनामा मात्रै कोरोना संक्रमण देखिएको छ। अहिलेसम्म भुटानमा कोरोनाबाट कसैको ज्यान गएको छैन। संक्रमितमध्ये पनि ५५ जना निको भइसकेका छन्।

प्रकाशित मिति: १४:१० बजे, बुधबार, असार २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्