Kathmandu Press

लकडाउन अवधिमा यातायात विभागले छाप्यो साढे तीन लाख स्मार्ट लाइसेन्स

काठमाडौं, असार २४ : यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ। चालु आर्थिक वर्षको अहिलेसम्म साढे ६ लाख अन....

लकडाउन अवधिमा यातायात विभागले छाप्यो साढे तीन लाख स्मार्ट लाइसेन्स
फाइल

काठमाडौं, असार २४ : यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ। चालु आर्थिक वर्षको अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ । 

झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ। गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ। असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिन सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। 

विभागले बन्दाबन्दीको केही सातासम्म अनुमतिपत्र छपाइको काम ठप्प राखेपनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अपनाएर छापिरहेको छ। बन्दाबन्दीमा वितरण हुन नसकेकामा अहिले यातायात व्यवस्था कार्यालयले अनुमतिपत्र वितरण गरिरहेको छ। संविधानुसार यातायातको जिम्मेवारी प्रदेश सरकारको भएकाले दुई वर्ष पहिले नै यातायात कार्यालय नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो।

 सरकारले पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र हटाएर स्मार्ट चालक अनुमतिपत्र शुरु गरेको थियो । देशभरका सबै कार्यालयको अनुमतिपत्र विभागले छाप्दै आएको छ। विभागमा अनुमतिपत्र छपाइको चाप भएकाले गतवर्ष सरकारले ठूलो क्षमताको अनुमतिपत्र (मास प्रिन्टर) किनेको थियो। अहिले पूरानो उपकरण प्रयोग नभएर मास प्रिन्टरबाटै छपाइ भइरहेको छ।  रासस

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, असार २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्