Kathmandu Press

सभामुख सापकोटाको आँखाको शल्यक्रिया 

काठमाडौं, असार २४ : सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ। 

बुधबार तिलगंगा आँखा अस्पतालमा वरिष्ठ चिकित्सक ....

सभामुख सापकोटाको आँखाको शल्यक्रिया 

काठमाडौं, असार २४ : सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ। 

बुधबार तिलगंगा आँखा अस्पतालमा वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले सभामुख सापकोटाको दायाँ आँखाको शल्यक्रिया गरेको हो। 

सभामुख सापकोटाको केही समययता आँखामा समस्या देखिएको थियो। चिकित्सकहरुको सल्लाहमा सभामुख सापकोटाले शल्यक्रिया गराएका हुन्।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सभामुख सापकोटा आफैँले व्यहोर्ने उनको निजी सचिवालयले जनाएको छ।
 

प्रकाशित मिति: १२:२३ बजे, बुधबार, असार २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्