Kathmandu Press

जोर बिजोर उल्लंघन गर्ने दुई हजार मोटरसाइकल कारबाहीमा

काठमाडौं, असार २४ :  लकडाउन खुकुलो भएसँगै काठमाडौंमा निजी सवारी साधनलाई जोर बिजाेर नम्बर प्रणाली लागू भएको छ। यसको उल्लंघन हुन भएपछि ट्राफिक प्रह....

जोर बिजोर उल्लंघन गर्ने दुई हजार मोटरसाइकल कारबाहीमा

काठमाडौं, असार २४ :  लकडाउन खुकुलो भएसँगै काठमाडौंमा निजी सवारी साधनलाई जोर बिजाेर नम्बर प्रणाली लागू भएको छ। यसको उल्लंघन हुन भएपछि ट्राफिक प्रहरीले कारबाही गर्न थालेकाे छ। अहिलेसम्म दुई हजार माेटरसाइकल तथा स्कुटी चालकलाई कारबाही गरिएकाे छ।

सरकारले कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको लकाडाउन असार १ गतेदेखि खुकुलो बनाएको थियो। यसमा अतिआवश्यक सेवाका लागि जोर बिजोर प्रणाली लागू गरेको थियो। तर, जथाभावी रुपमा निजी सवारी साधन चलाउने गरिएपछि प्रहरीले कारबाही गर्न थालेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले सरकारले तोकेकोबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको बताए। ‘जोर विजोर प्रणाली लागू गरेपनि उद्योग, साना व्यवसाय खुल्ला भएकाले सडकमा जाम हुने गरेको छ,’ एसएसपी ढकालले भने।

जोर बिजोर प्रणालीको उल्लंघन गर्ने सवारी चालकलाई कारबाही पनि गरिँदै आएको छ। मंगलबार मात्रै एक सय ७० जना चालकलाई कारबाही गरिएको एसएसपी ढकाले बताए । उनका अनुसार लकडाउन खुकुलो भएयता असार १ गतेदेखि मंगलबारसम्म दुई हजार ४५ जना कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले बिहान ५ बजेदेखि जाँच गर्दै आएको छ। नियम उल्लंघन गरेको पाइएमा सवारी साधन नियन्त्रणमा लिने गरिएको छ। ‘सवारी साधन नियन्त्रणमा लिन्छौं, जरिवाना लिने गरेका छैनौं। साँझ छोडिदिन्छौं,’ उनले भने।

लकडाउन खुकुलो भएसँगै उपत्यकामा सवारी साधनको चाप बढेको छ।  कोरोना संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ। जोखिम बढेको भएपनि सवारी चालकले वास्ता नगरेको पाइएको एसएसपी ढकालको भनाइ छ।

कतिपय ठाउँमा त जाम पनि हुने गरेको छ। ट्राफिक प्रहरीका अनुसार कोटेश्वर, गौशला, नयाँबानेश्वर, चक्रपथ, बालाजुलगायतका स्थानमा जाम हुने गरेको छ।

कतिपय मानिस कामबिना पनि घुमफिरमा निस्कने गरेको पाइएको छ। घरमा बस्नुभन्दा एक चक्कर लगाऔ. भनेर बाहिर निस्केन गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ। धेरैजसो मोटरसाइकल र स्कुटी चालकहरु घुमफिर गरिरहेका छन्।

 

प्रकाशित मिति: १२:१९ बजे, बुधबार, असार २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्