Kathmandu Press

मास्क नलगाएर डिहडुल गर्ने ६४ जना पक्राउ

लहान, असार २४ : मास्क नलगाई हिडडुल गर्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नल....

मास्क नलगाएर डिहडुल गर्ने ६४ जना पक्राउ

लहान, असार २४ : मास्क नलगाई हिडडुल गर्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको छ। जिल्ला प्रशासन कार्यालयले आवश्यक सजाय गर्ने जनाएको छ।

सरकारले मास्क नलगाउनेलाई पक्राउ गर्न निर्देशन दिएको थियो। त्यहि अनुसार देशभर मास्क नलगाउनेलाई कारबाही गर्न थालिएको छ।

प्रकाशित मिति: १०:४६ बजे, बुधबार, असार २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्