Kathmandu Press

प्युठानमा खोलाले बगाउँदा एक जना बेपत्ता

प्युठान, असार २३ : प्युठानको घोरखोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।

खोला बगाउँदा स्वर्गद्वारी नगरपालिका–३ भाजुरीवाङ बस्ने ५६ वर्षी....

 प्युठानमा खोलाले बगाउँदा एक जना बेपत्ता

प्युठान, असार २३ : प्युठानको घोरखोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।

खोला बगाउँदा स्वर्गद्वारी नगरपालिका–३ भाजुरीवाङ बस्ने ५६ वर्षीया हेमा कुँवर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रोल्पाबाट घर आउने क्रममा स्थानीय घोरखोलाले बगाएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी नायब निरीक्षक बुद्धि रानाको नेतृत्वमा प्रहरी टोली खटिएको छ। त्यस्तै, स्थानीय वासिन्दा पनि खोजीमा लागेका छन्।

केही दिनयता भइरहेको वर्षाले खोला तथा नदीहरुमा बाढी आउने क्रम बढेको छ। केही ठाउँमा पहिरो पनि गएको छ।

प्रकाशित मिति: १०:०८ बजे, बुधबार, असार २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्