नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित
काठमाडौं, असार २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।
पार्टीभित्र उत्पन्न विवा....

काठमाडौं, असार २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।
पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुरा मिलिनसकेकाले बुधबार बिहान ११ बजका लागि बोलाइएको स्थायी कमिटी बैठक फेरि स्थगित भएको हो।
अर्को बैठक असार २६ गते बिहान ११ बजेका लागि बोलाइएको छ। नेकपाभित्र प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर विवाद चुलिएको विवाद समाधानको प्रयास भइरहेको छ। पछिल्लो चार दिन यता अध्यक्षद्व ओली र प्रचण्डबीच एक्लाएक्लै छलफल भइरहेको छ।
भेटमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्ने अडान राखिएका छन् भने ओलीले राजीनामाबाट अन्य विषयमा कुरा गर्न भनिरहेका छन्। प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्रीबाट राजीनामा नदिने र राजीनामा बाहेका विषयमा मात्रै छलफल हुन सक्ने बताउँदै आएका छन्।
पार्टीभित्रको विवाद चर्किएका बेला प्रधानमन्त्री ओलीले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गराएका थिए। त्यसपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष थप चिढिएको छ। स्थायी कमिटीमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेका थिए।
यसअघि बोलाइएका स्थायी कमिटी बैठक पनि दुई अध्यक्षबीचको छलफल जारी रहेको भन्दै स्थगित हुँदै आएको थियो।











