नेकपाको स्थगित स्थायी समिति बैठक आज बस्दैं
काठमाडौं, असार २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थगित स्थायी समिति बैठक आज बस्दैछ ।
सोमबार बस्ने भनिएको बैठक विवादीत विषयमा सह....

काठमाडौं, असार २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थगित स्थायी समिति बैठक आज बस्दैछ ।
सोमबार बस्ने भनिएको बैठक विवादीत विषयमा सहमति जुट्न नसकेपछि आजसम्मका लागि स्थगित गरिएको थियो । विवाद समाधानका लगि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’बीच निरन्तर छलफल चलिरहेको छ ।
अध्यक्षद्धयवीच आज पनि स्थायी समिति बैठक अघि छलफल हुने बताइएको छ । यसअघि हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको थियो ।
स्थायी समितिका बहुमत सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् भने ओलीले आफुले अहिले कुनै पदबाट पनि राजीनामा नदिने अडान राख्दै आएका छन् ।




-1792226847.jpeg)






-1792226847.jpeg)