Kathmandu Press

डब्लुएचओ भन्छ, ‘हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण फेला पर्‍यो’ 

काठमाडौं, असार २४ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस हावाबाट सर्ने प्रमाण फेला पारेको जनाएको छ ।

यसअघि ३२ देशका २३९ बैज्ञानि....

डब्लुएचओ भन्छ, ‘हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण फेला पर्‍यो’ 

काठमाडौं, असार २४ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस हावाबाट सर्ने प्रमाण फेला पारेको जनाएको छ ।

यसअघि ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने प्रमाण पेस गर्ने र त्यसमा डब्ल्युएचओले आफ्नो मापदण्ड परिवर्तन गर्नुपर्ने बताउँदा त्यसलाई अस्वीकार गरेको डब्ल्युएचओले अहिले भने हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण फेला पारेको जनाएको हो ।

डब्लुएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले पनि अध्ययन मै रहेको भएपनि केहि प्रमाण भेटिएको जनाएकी हुन् । डब्लुएचओले  भिडभाड ठाउमा कम हावा भएको ठाउमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने आशंकाबाट अस्विकार गर्न नसकिने जनाएको छ।

 यस बारेमा अझै विस्तृत अध्ययन भइरहेको डब्लुएचओले जनाएको छ। यसअघि डब्लुएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो। यसअघि ३२ देशका २३९ वैज्ञानिकहरुले कोरोना भाइरस हावाबाट पनि सार्ने दाबी गरेका थिए।  

प्रकाशित मिति: ०७:०२ बजे, बुधबार, असार २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्