Kathmandu Press

प्रधानमन्त्रीको पहिलो प्राथमिकता कुर्ची जोगाउने भयो : महामन्त्री कोइराला

काठमाडौं, असार २३ : नेपाली कांग्रेसका महामन्त्री डा. शाशंक कोइरालाले कोरोना भाइरसको महामारीबाट जनतालाई जोगाउनभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको....

प्रधानमन्त्रीको पहिलो प्राथमिकता कुर्ची जोगाउने भयो : महामन्त्री कोइराला
फाइल

काठमाडौं, असार २३ : नेपाली कांग्रेसका महामन्त्री डा. शाशंक कोइरालाले कोरोना भाइरसको महामारीबाट जनतालाई जोगाउनभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकता आफ्नो कुर्ची जोगाउने भएको आरोप लगाएका छन्।

सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता नेपालले आयोजना गरेको वीपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशन विषयक कार्यक्रममा मंगलबार महामन्त्री कोइरालाले प्रधानमन्त्री ओलीले  रेल र पानी जहाजका सपना बाँडेर जनताबाट भोट पाए पनि संकटमा जनतालाई जोगाउने भन्दा कुर्ची जोगाउन लागेर आफ्नो असली चरित्र देखाएको बताएका हुन्। 

उनले नेपाली कांग्रेसले अबलम्बन गरेको प्रजातान्त्रिक समाजवाद गरिब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताए। गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दूरी कम गर्ने वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तन भएको महामन्त्री कोइरालाको भनाइ थियो। 

कांग्रेसलाई एकताबद्ध बनाउन र नेता–कार्यकर्तामा उर्जा थप्नका लागि पनि १४ औं महाधिवेशन आवश्यक भएको बताउँदै महामन्त्री कोइरालाले महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको स्पष्ट पारे। उनले महाधिवेशनका लागि नयाँ संरचना अनुसारको समायोजनको काम, क्रियाशील सदस्यताको काम सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताए।

१४ औं महाधिवेशनले कांग्रेसमा नयाँ सन्देश र  नयाँ उर्जा थप गर्ने कोइरालाको भनाइ थियो। 

प्रकाशित मिति: १८:०४ बजे, मंगलबार, असार २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्