Kathmandu Press

‘गो ब्याक चाइना’ भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं, असार २३ : पछिल्लो समय नेकपाभित्रको विवाद चुलिरहेका बेला चिनियाँ राजदूतले नेताहरुसँग गोप्य भेट गरेको विरोधमा चिनियाँ दूतावास अगाडि ‘स्व....

‘गो ब्याक चाइना’ भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं, असार २३ : पछिल्लो समय नेकपाभित्रको विवाद चुलिरहेका बेला चिनियाँ राजदूतले नेताहरुसँग गोप्य भेट गरेको विरोधमा चिनियाँ दूतावास अगाडि ‘स्वतन्त्र युवाहरु’ले प्रदर्शन गरेका छन्। 

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै युवाहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर दूतावास अगाडि प्रदर्शन गरेका हुन्। नेकपाभित्रको विवाद चुलिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छन्। 

सुरुमा प्रधानमन्त्री केपी ओलीलाई भेटेकी राजदूत यान्छीले त्यसपछि नेकपाका शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपाल, वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटिसकेकी छन्।

स्वतन्त्र मुलुममा अर्को देशको राजदूतले पार्टीको आन्तरिक विवादमा प्रवेश गर्नु हस्तक्षेप भएको भन्दै प्रदर्शनकारीहरुले केहीबेर नारा पनि लगाएका थिए।

प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, असार २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्