Kathmandu Press

काठमाडौं उपत्यकाका थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार २३ : काठमाडौं उपत्यकाका थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, पाटन....

काठमाडौं उपत्यकाका थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

काठमाडौं, असार २३ : काठमाडौं उपत्यकाका थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, पाटन अस्पताल र त्रिवि  शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार काठमाडौंका १४, ललितपुरका १० र भक्तपुरका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार १ सय ६८ पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म  ७ हजार ४ सय  ९९ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर ६६८ जना घर फर्किएका छन्।

प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, असार २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्