Kathmandu Press

बालुवाटार जग्गा प्रकरण : ३२ करोड विगोका अधिकृतलाई दुई लाख धरौटीमा छाड्न आदेश

काठमाडौं, असार २३ : सर्वोच्च अदालतले बालुवाटार जग्गा हिनामिना प्रकणमा जोडिएका डिल्लीबजार मालपोत कार्यालयका शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई दुई लाख धर....

बालुवाटार जग्गा प्रकरण : ३२ करोड विगोका अधिकृतलाई दुई लाख धरौटीमा छाड्न आदेश

काठमाडौं, असार २३ : सर्वोच्च अदालतले बालुवाटार जग्गा हिनामिना प्रकणमा जोडिएका डिल्लीबजार मालपोत कार्यालयका शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले विषेश अदालत काठमाडौंको आदेश उल्ट्याउँदै धरौटीमा छाड्ने आदेश दिएको हो। सर्वोच्चले पौडेलको जग्गा दर्ता गर्दा उनको र उनको परिवारको तत्काल प्राप्त प्रमाणअनुसार संलग्नताको नदेखिएको जनाएको छ।

‘कुनै प्रकारको लाभ प्राप्त गरेको भन्ने आरोप दाबी नदेखिएको अवस्था समेतका समग्र तत्काल प्राप्त प्रमाणको रोहमा विचार गर्दा प्रतिवादी कृष्णप्रसाद पौडेललाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्न न्यायसम्मत देखिएन,’ सर्वोच्चले भनेको छ, ‘विषेश अदालतबाट ०७६ साल चैत ३ गते भएको आदेश बेरितको देखिएकाले बदर गरिदिएको छ।’

ललिता निवासको जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेल ३२ करोड १९ लाख २० हजार रुपैयाँ बिगो माग गरेको थियो। त्यस्तै अख्तियारले उनलाई ८ देखि १० वर्षसम्मको कैद सजाय गर्न पनि माग राखी भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उनी विषेश अदालतमा उपस्थि भएर मुद्दाको सामना गर्ने पहिलो अभियुक्त हुन्। अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध पौडेल गत २३ जेठमा सर्वोच्च गएका थिए।

अख्तियारले गत माघ २२ गते कांग्रेस उपसभापनि जियकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त दीव बस्न्यातसहित १७५ जनालाई प्रतिवादी बनाइ भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

 

प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, असार २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्