Kathmandu Press

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी

काठमाडौं, असार २३ : नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा छलफलमा जुटेका छन्

नेकपा अध्यक्ष प्रच....

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी

काठमाडौं, असार २३ : नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा छलफलमा जुटेका छन्

नेकपा अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटर पुगेका छन्। प्रचण्ड पुगेलगत्तै छलफल सुरु भएको बालुवाटार स्रोतले जनाएको छ। ओली र प्रचण्ड एक्लाएक्लै छलफलमा जुटेका छन्। दुवै नेताबीच नेकपाभित्र देखिएको बिबाद समाधानका विषयमा छलफल केन्द्रित रहेको जनाएको छ।

यसअघि सोमबार पनि ओली र प्रचण्डबीच एक्लाएक्ला छलफल भएको थियो। दुई घन्टा चलेको छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन्। त्यसअघि आइतबार भएको छलफलमा दुवैतर्फका नेता पनि सहभागी थिए। दुवै तर्फका अन्य नेता सहभागी हुँदा छलफलका विषय बाहिर आएको जनाउँदै दुवै नेता एक्लाएक्लै छलफलमा जुटेका हुन्।

प्रचण्ड र माधव नेपाल पक्षले ओलीले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिन दबाब दिइरहेका छन्। प्रधानमन्त्री ओली भने कुनै पनि नछाड्ने अडानमा छन्। जसले गर्दा नेकपा भित्रको बिबाद चुलिएको छ।  विवादकै कारण नेकपा स्थायी कमिटी बैठक पनि बस्ने सकेको छैन।। एक सातादेखि लगातार स्थगित हुँदै आएको छ।

नेकपा स्थायी कमिटी बैठक बुधबार बोलाइएको छ। त्यसअघि सहमति गर्न ओली र प्रचण्ड छलफलमा जुटेका छन्।

प्रकाशित मिति: १३:३५ बजे, मंगलबार, असार २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्