Kathmandu Press

कांग्रेस र जसपाका शीर्ष नेताहरुबीच देउवा निवासमा छलफल 

काठमाडौं, असार २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। 

कांग्रेस सभापति श....

कांग्रेस र जसपाका शीर्ष नेताहरुबीच देउवा निवासमा छलफल 
फाइल

काठमाडौं, असार २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीकण्ठमा भएको दुई दलका शीर्ष नेताहरुबीचको भेटमा पछिल्लो राजनीतिक परिस्थिति, नागरिकता विधेयक लगायतका विषमया छलफल भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए।

भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला सहभागी थिए भने जसपाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र बाबुराम भट्टराई थिए। 

सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिँदै गएपछि सरकारले आकस्मिक रुपमा असार १८ गते संसदको चालु अधिवेशन अन्त्य गरेको थियो। पार्टीभित्रको विवादकै कारण संसदको अधिवेशन अन्त्य भएपछि प्रतिपक्षी दलका नेताहरु सरकारसँग रुष्ट छन्। 

संसदबाट पारित गर्नु पर्ने महत्वपूर्ण विधेयक थन्किएको भन्दै सरकारको चर्को आलोचना हुँदै अँएको छ। तर, नेकपाभित्र प्रधानमन्त्रीको राजीनामाको विषयलाई लिएर विवाद चुलिएपछि प्रधानमन्त्री ओलीले संसदको अधिवेशन अन्त्य गरेका थिए। 

प्रकाशित मिति: १२:४४ बजे, मंगलबार, असार २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्