Kathmandu Press

गंगालाल अस्पतालमा उपचाररत सात जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार २३ : सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा उपचाररत सात जना बिरामीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

गंगालाल अस्पतालमा उपचाररत सात जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

काठमाडौं, असार २३ : सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा उपचाररत सात जना बिरामीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

उपचारका लागि भर्ना भएका सात जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएसँगै मंगलबार बिहानदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। बिरामीमा कोरोनाको संक्रमण पुष्टि भने सोमबार साँझ भएको थियो। 

अस्पतालका अनुसार थप सतर्कता अपाउनु पर्ने भएकाले आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उपचाररत बिरामीको कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको बताए।

यसअघि सोमबार काठमाडौंमा मात्रै २४ जनामा कोरोनाको संक्रमण भेटिएको थियो। 
 

प्रकाशित मिति: १२:१७ बजे, मंगलबार, असार २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्