बिरामीमा कोरोना देखिएपछि गंगालाल अस्पताल सिल
काठमाडौं, असार २३ : बिरामीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सिल गरिएको छ।
मंगलबार बिहान ....

काठमाडौं, असार २३ : बिरामीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सिल गरिएको छ।
मंगलबार बिहान गंगालाल अस्पतालले सूचना जारी गरि आकस्मिकबाहेका सेवा बन्द गरिएको जनाएको छ। अस्पताल भर्ना भएका केही बिरामीलाई कोरोना संक्रमण देखिएकाले स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको निर्देशक डा.चन्द्रमणि अधिकारीले बताए।
स्वास्थ्य मन्त्रालयका अनुसार गंगालाल अस्पतालमा उपचार गराइरहेका सात जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ। गंगालालमा रहेका अन्य बिरामीको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको छ। उनीहरुको रिपोट आउन बाँकी रहेको जनाएको छ।
गंगालाल अस्पतालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि आकस्मिकबाहेकका सेवा बन्द गरिएको जनाएको छ।
कोरोना संक्रमण बढ्दै गएसँगै अस्पतालमा रहेका बिरामीमा पनि संक्रमण देखिन थालेको छ। यसअघि ह्याम्स्, त्रिवि शिक्षण अस्पताल, नर्भिक, स्टार अस्पताललगायतका अस्पतालमा पनि बिरामी तथा स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो। केही अस्पतालले सेवा बन्द गरेका थिए भने केहीले यथावत सञ्चालन गरेका थिए।











