Kathmandu Press

ओली र प्रचण्डबीच आज पनि छलफल हुँदै

काठमाडौं, असार २३ : सत्तारुढ दल नेकपाको विवाद मिलाउन अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुन लागेको छ।

ओली र प्रचण्डबीच आज पनि छलफल हुँदै
फाइल फाेटाे

काठमाडौं, असार २३ : सत्तारुढ दल नेकपाको विवाद मिलाउन अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुन लागेको छ।

आज दुवै अध्यक्षबीच बालुवाटारमा छलफल हुन लागेको जनाएको छ। उनीहरुबीच एक्लाएक्लै छलफल हुने भएको छ। बालुवाटार स्रोतका अनुसार बिहान ११ बजेपछि छलफल गर्ने तयारी छ।

सोमबार पनि ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो। दुई घन्टा भएको छलफलमा कुनै निष्कर्ष निस्केको थिए। आज फेरि छलफल गर्न दुवै अध्यक्ष सहमत भएका थिए।

अध्यक्ष प्रचण्डको सचिवलयले पनि ११ बजेपछि छलफल हुन लागेको जनाएको छ। पहिले एक्लाएक्लै र त्यसपछि आवश्यकता अनुसार अन्य नेतालाई पनि सहभागी गराउने तयारी रहेको छ।

यस अघि आइतबार पनि ओली र प्रचण्डबीच छलफल भएको थियो। छलफलमा ओलीसँगै महासचिव बिष्णु पौडेल र प्रचण्डसँगै पूर्वमन्त्री जनार्दन शर्मा सहभागी थिए।

केही दिनदेखि नेकपामा देखिएको विवाद साम्य हुन सकेको छैन। प्रचण्ड र माधव नेपाललगायतका नेताहरु ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने दबाब दिँदै आएका छन्। प्रधानमन्त्री ओलीले भने कुनै पनि पद नछाड्ने अडान लिएका छन्।

जसले गर्दा नेकपाभित्र विवाद चर्किएको छ। विवादकै कारण एक सातादेखि नेकपा स्थायी कमिटी बैठब बस्न सकेको छैन। असार १८ गते बालुटारमा बसेको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओली सहभागी नभएपछि स्थगित भएको थियो।

त्यसयत लगातार तीन पटक स्थगित भइसकेको छ। असार २० गते बोलाइएको बैठक पनि नबसेरै स्थगित भएको थियो। त्यसपछि असार २२ गतेको पनि बैठक नै नबसेर स्थगित भएको छ।

अर्को बैठक भोलि बोलाइएको छ। स्थायी कमिटी बैठक अघि सहमतिको प्रयास चलिरहेको छ। त्यसैका लागि आज पनि ओली र प्रचण्डबीच छलफल हुन लागेको हो।

प्रकाशित मिति: १०:३९ बजे, मंगलबार, असार २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्