Kathmandu Press

सामाजिक सञ्जालमा आउने प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

काठमाडौं, असार २३ : महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा ....

सामाजिक सञ्जालमा आउने प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

काठमाडौं, असार २३ : महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ।

महाशाखाले सूचना जारी गरी यस्ता गिरोहले ग्राहकलाई विभिन्न बैंक खाता उपलब्ध गराएर पैसा जम्मा गर्न लगाउने तथा आइएमई गर्न भन्ने र पैसा जम्मा भएपछि अर्डरअनुसारको सामान डेलीभरी नगरी ठगी गर्ने गरेको जनाएको छ। त्यस्ता गहिरोको प्रलोभनमा नपर्न महाशाखाले सचेत गराएको छ।

यस्ता केही व्यक्तिलाई अहिले पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिँदै महाशाखाले बजार मूल्यभन्दा कम मूल्यमा सामान पाइने लोभनमा नक्कली विज्ञापनको लोभमा नफस्न आग्रह गरेको छ। महाशाखाका अनुसार यसरी लोभमा फँस्दा जग्गाजमीनसमेत धितो राखेर प्रलोभनमा परी पैसा दिएको पाइएको छ। (रासस)

प्रकाशित मिति: १०:११ बजे, मंगलबार, असार २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्